४ फागुन, बुटवल । प्युठानकी चित्रकली बुढा प्रदेश रत्न पदकबाट विभूषित भइकी छिन् । उनलाई प्रदेश ५ का प्रमुखले पदक दिलाएका हुन् ।
पदकले उनको गर्जाै टर्दैन । प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्कोमा कपडा फिँजारिन् । अल्लो सिस्नो प्रजातिको वनस्पती हो । जसबाट धागो बनाइन्छ ।
धागोबाट विभिन्न कपडा । चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन् । उनी अल्लोबाटै परिचित छिन् । ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जाे टर्छ । ’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन ४ आइतवार ०८:२५ मा प्रकाशित






























