४ फागुन, काठमाडौं । अर्चलवोट काठमाडौं एकता समाजको आयोजनामा बृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार मञ्जुश्री पार्कमा आयोजित वनभोज कार्यक्रममा लमजुङ जिल्लाको दोर्दी-२ अर्चलबोट स्थायी घर भई काठमाडौं रहँदै आएका विभिन्न पेशामा आवद्ध व्यक्तिहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
वनभोज कार्यक्रममा विभिन्न खेलकुदको पनि आयोजना गरिएको थियो । साथै कार्यक्रममा लमजुङका विभिन्न कलाकारहरुले संङ्गीतिक प्रस्तुति पनि दिएका थिए । लोक गायीका सुनिता अधिकारी, सुवास कुवँर र रमेश परियारलगायतले आ आफ्नो प्रस्तुति दिएका थिए ।
समाजका अध्यक्ष निराजन कुवँरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सचिव ईश्वर अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष कुवँरले काठमाडौंमा रहर्दै आएका अर्चलवोट निवासी संपूर्णको भेटघाटले आपसी सम्बन्ध मजबुत हुने र एक अर्कालाई परेको वेलामा सहयोग गर्न सजिलो हुने बताए ।
वि.सं.२०७६ फागुन ४ आइतवार १७:५४ मा प्रकाशित






























