५ फागुन, गुल्मी । जिल्लाका जनप्रतिनिधिले आफूहरु छुवाछूतबाट पीडित बन्नुपरेको गुनासो गरेका छन् ।
सदरमुकाम तम्घासमा रेसुंगा दलित महिला सञ्जालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौती विषयक कार्यक्रममा बोल्ने अधिकांश दलित महिला जनप्रतिनिधिले जातीय छुवाछूत कायम रहेको, भोज भतेर, मन्दिरलगायतका स्थानमा विभेद गरेको, वडा वा गाउँपालिकाका उच्च पदस्थले आफूहरुका कुरा नसुनेको जस्ता गुनासा गरेका छन् ।
मन्दिर वा गाउँघरमा हुने विवाह, भोज भतेरलगायतका स्थानमा आमीलाई दलित भएकै कारण विभेद गरिन्छ । ’ सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन ५ सोमवार ०८:१० मा प्रकाशित






























