back
CTIZAN AD

तरकारी खेतीमा आत्मनिर्भर बन्दै पाल्पाका महिला

वि.सं.२०७६ फागुन ५ सोमवार

852 

shares

५ फागुन, पाल्पा । यस क्षेत्रका महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् ।

रामपुर नगरपालिका–७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्छिन् । करिब एक दशकदेखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँचदेखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गर्छिन् । उनले वर्षमा न्यूनतम रु तीन लाखभन्दा बढी आम्दानी लिन सफल भएकी छन् ।

“तरकारी लगाउन शुरु गरेपछि अरूको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रविधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उनले भनिन् । उनलाई तरकारी खेती शुरु नगर्दासम्म अरूको भरमा बाँच्नु परेको थियो । अहिले आफैँले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाइन् ।

बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउँदै आएका छन् । कम्तीमा पनि बा¥है महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घरखर्च चलाउने गरेको उनले बताइन् । तरकारीबाट उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । विभिन्न जातका तरकारी लगाउँदै आएकी छन् । तरकारी बिक्रीबाट मासिक रु ३० हजारसम्म कमाई हुने गरेको ढकालले बताइन् ।

तरकारी नलगाउँदासम्म जीवनमा धेरै दुःख गरेकी ढकालले छ वर्ष यता तरकारीखेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उनको भनाइ छ । सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताइन् ।

“आफ्नो खर्च चलाउन कस्ले दुई चार पैसा देला भनेर बस्नु जतिको दुःख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलोसँग चलाउन पाइएको छ” पोखरेलले भनिन् ।

रामपुर नगरपालिका–५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारीखेतीमा आबद्ध छिन् । करिब पाँच रोपनी जग्गामा उहाँको खेतमा हरियाली बा¥है महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाएकी छन् । “तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोचेको आम्दानी भइरहेको छ”, कार्कीले भनिन् ।

तरकारीबाट वर्षमा तीन लाखदेखि पाँच लाखसम्म कमाई गर्छिन । अहिले उनको व्यवसायबाट गाउँका अन्य महिलाहरुले पनि सिको गर्न थालेका छन् । घरायसी कामधन्दासँगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरु । यहाँका महिलाहरुको व्यवसायको अवलम्बन गर्न सकेमा महिला परनिर्भरता कम हुदै जानेछ ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:१३ मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...