back

शेयर बजारमा उच्च अङ्कको वृद्धि, कसको कमाई कति ?

वि.सं.२०७६ फागुन ५ सोमवार

774 

shares

५ फागुन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड ९४ लाख ९० हजार २३८ मूल्य बराबरको शेयर कारोवार भए । शिखर इन्सुरेन्स कम्पनी रु ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु आठ करोड ९९ लाख ६३ हजार २४३, एनआइसी एशिया बैंक रु आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७.५३ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:२२ मा प्रकाशित

Himalayan Life AD
संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...