back
CTIZAN AD

शेयर बजारमा उच्च अङ्कको वृद्धि, कसको कमाई कति ?

वि.सं.२०७६ फागुन ५ सोमवार

951 

shares

५ फागुन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड ९४ लाख ९० हजार २३८ मूल्य बराबरको शेयर कारोवार भए । शिखर इन्सुरेन्स कम्पनी रु ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु आठ करोड ९९ लाख ६३ हजार २४३, एनआइसी एशिया बैंक रु आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७.५३ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:२२ मा प्रकाशित

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...