५ फागुन काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता सुरुवातच गरेको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आइतबारदेखि नै संचालनमा आएको जनाएको छ ।
यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००।— जम्मा गरीने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईने छ ।
नेपालकै पुरानो मध्येको एक यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिंग सेवा प्रदान गर्दै आईरहेको छ तथा यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरीएको छ । यो योजना हाललाई फागुन महिनाभरीका लागि संचालनमा ल्याईएको फइनान्सद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
वि.सं.२०७६ फागुन ५ सोमवार १६:२३ मा प्रकाशित




























