back
CTIZAN AD

संचारमन्त्रीमाथी ७० करोड घुस मागेको गंभिर आरोप (अडियो सहित)

वि.सं.२०७६ फागुन ८ बिहीवार

900 

shares

८ फागुन, काठमाडौ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाइ ७० करोड घुस मागेको गंभिर आरोप सार्वजनिक भएको छ ।

प्रमाण फेला पारेको दाबी सहित हाम्राकुरा डटकमले अडियो क्लिप सार्बजनिक गरेपछि नेपाली राजनीतिमा अर्को तरंग मच्चिएको छ । प्रधानमन्त्री केपी ओलीका अत्यन्तै निकट पात्र मानीएका, दुइ तिहाइलाइ ‘हेप्नि’ थेगोबाट बिम्ब बनेका तथा सरकारको बचाउका लागी गर्धन थाप्दै आएका संचारमन्त्री बाँस्कोटालाइ यो आरोप लागेपछि बालुवाटार वृत्तमा समेत खैलाबैला मच्चिएको जनाइएको छ ।

नेकपाका नेताहरुलाइ अख्तियारले पनि नछुने र बिपक्षिलाइ षडयन्त्र गरेर पनि फसाउने सरकारको साजिस भनेर टिप्पपणी गरीएकै बेला हाम्राकुरा डटकमले यस्तो गंभीर कुरा सार्वजनिक गरेपछि प्रधानमन्त्रीको तत्कालीक कदमको पनि प्रतिक्षा गरीएको छ ।

सो अनलाइनले सार्वजनिक गरेको अडियो क्लिपका अनुसार सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले कुराकानी गरेका छन् । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ । कुराकानी अनुसार ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका छन् ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएको संवाद भन्दै सार्वजनिक अडियोको कुराकानी ।

एजेण्ट , विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ । स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन ।

मन्त्री गोकुल बास्कोटाः ह ।।।
विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ । तपाइहरुको कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
मन्त्री गोकुल बास्कोटाः ठीक छ ।
विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुर्पयो ।
मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु ।
विजय प्रकाश मिश्र शर्माः त्यसको कमिसनका लागि हामी आउट अफ ट्याक जानेकी तपाइले भने अनुसार नै गर्ने लु भन्नुस ।
मन्त्री गोकुल बास्कोटाः अब क्यापासिटीको कुरा ।
विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई ।
मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने
विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल््छन
विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल््ने हो श्र
मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं ।
विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो बेसचाहि तपाइहरुको उसमै जाने हो हामी ।
मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो मानौ २५ निस्कयो भने कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी, आउट अफ ट्याक नजादा ७० जति आउलाकी ।
मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?
विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने होे ।यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।
मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्न े। हामीले पनि त अलि अलि राख्नुर्पयोनी । आउट अफ ट्याक गइयो भने।।।
मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?
विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस ।
मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन । त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस । कुरा बुझ्नुभो ।
विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
मन्त्री गोकुल बास्कोटाः त्यो मु ले बनाएको त ३५ अर्बको छ अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस ।

सो अनलाइनका अनुसार यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए । उनलाई २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिएको छ ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएपनि सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारी लाई बढावा दिने खालका हुनलागेको टिप्पणी बढेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रिय पात्र समेत रहेका मन्त्री बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिनुले सरकारको छविमै गंभीर धक्का पुगेको बिश्लेषण गरीदैछ ।

अहिलेसम्म मन्त्रीको तर्फबाट कुनै पनि औपचारिक प्रतिक्रिया सार्वजनिक भएको पाइएको छैन ।

https://www.youtube.com/watch?v=9hwT059zXvQ

वि.सं.२०७६ फागुन ८ बिहीवार ०८:४४ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...