back
CTIZAN AD

इरानमा पनि दुई व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि

वि.सं.२०७६ फागुन ८ बिहीवार

702 

shares

८ फागुन, तेहरान ।  चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन । मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आईएसएनएले भनेको छ,“पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्द घटनाहरू पत्ता लागेका हुन् ।”

इरानको केन्द्रय प्रान्त कोममा ती बिरामी भेटिएका थिए । उनीहरूलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए । चीनमा सङ्क्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने बिरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार ०८:५३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...