८ फागुन, काठमाडौं । सभामुख अग्नी सापकोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिईसकेको खुलाशा गरेका छन् । विहिबारको संसद बैठकमा नेपाली कांग्रेसले बाँस्कोटाले राजीनामा नदिएको भन्दै संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले यस्तो खुलाशा गरेका हुन् ।
यी चार संचारमन्त्री,कोहि कमिशन काण्डमा विवादित बने, कसैको राजनीतिक जीवननै सकियो
सभामुख सापकोटाले भने, ‘मेरो जानकारी अनुसार सम्बन्धित मन्त्रीको राजीनामा आईसकेको छ । यस विषयमा सरकारको पनि ध्यानाकार्षण भएको छ ।
सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली प्रचण्डबीच छलफल, निस्कियो यस्तो निष्कर्ष
यसै विषयलाई लिए संसद अवरुद्ध नगरौं ।’ सभामुखले पटक पटक आग्रह गर्दा पनि कांग्रेस संसदहरुले उठेर अबरोध गरिरहेपछि सभामुखले संसद बैठक मंगलबार दिनको १ बजे बस्ने गरि स्थगित गरेका थिए ।
सञ्चारमन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन, आजै राजीनामा दिने
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।
‘यस्ता आरोप दिनदिनै लाग्छन्, अर्बबाट करोडमा झरेपछि के को चिन्ता ?’
अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने , कम्पनीले पनि १५।१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्बजनिक भएका थिए ।
सञ्चारमन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन, आजै राजीनामा दिने
यी चार संचारमन्त्री,कोहि कमिशन काण्डमा विवादित बने, कसैको राजनीतिक जीवननै सकियो
वि.सं.२०७६ फागुन ८ बिहीवार १५:२२ मा प्रकाशित






























