back
CTIZAN AD

सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली प्रचण्डबीच छलफल, निस्कियो यस्तो निष्कर्ष

वि.सं.२०७६ फागुन ८ बिहीवार

894 

shares

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको थियो ।

ओली र प्रचण्डले मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे स्पष्टिकरण लिने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने निष्कर्ष निकालेको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीले भने प्रचण्डलाई भट्नु अगाबै बाँस्कोटालाई फोन गरी राजीनामा दिएर अनुषन्धानमा सघाउन निर्देशन दिएका थिए । प्रचण्डसँगको भेटपछि पार्टीगत निर्णय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा रहेका बाँस्कोटा विहीबार बिहान काठमाडौं फर्किँदैछन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने , कम्पनीले पनि १५.१६ करोड राख्ने भन्ने जस्ता कुरा सार्वजनिक भएका थिए ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १२:११ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...