८ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्र, ( शिक्षक व्यवस्थापन समन्वय शाखा) सानोठिमी भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।
केन्द्रले रिक्त हुने शिक्षक पदहरुको जिल्लागत विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई यो सूचना प्रकाशित गरेको हो ।
शिक्षक सेवा आयोगको माघ २७ गतेको पत्रबाट माग भई आए बमोजिम सामुदायिक विद्यालयहरुमा स्वीकृत दरबन्दी अनुसार रिक्त रहेको शिक्षक पद खुला र बढुवा बिज्ञापनबाट पदपूर्ति गर्ने प्रयोजनका लागि २०७७ चैत्र मसान्त सम्म रिक्त हुने शिक्षक पदहरुको जिल्लागत विवरण ०७६ फागुन २५ गतेसम्म यस केन्द्रमा पठाउन सूचनामा जनाइएको छ ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ फागुन ८ बिहीवार १२:३४ मा प्रकाशित






























