back
CTIZAN AD

सञ्चारमन्त्री प्रकरणलाई लिएर स्वीस दूतावासले निकाल्यो यस्तो वक्तव्य

वि.सं.२०७६ फागुन ८ बिहीवार

840 

shares

८ फागुन, काठमाडौं । स्वीस कम्पनीका प्रतिनिधिसँग गरिएको कुराकानी सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएसँगै स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ ।

विहीबार एक वक्तव्य जारी गर्दै दूताबासले भनेको छ ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’

प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।

बाँस्कोटाले आफ्ना बारेमा अनेक प्रश्न उठेकाले नैताकिताका आधारमा राजीनामा दिएका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १७:२९ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...