back
CTIZAN AD

एनआरएनए युकेमा हस्तक्षेप भएको भन्दै उपाध्यक्षले लेखे यस्तो पत्र

वि.सं.२०७६ फागुन ८ बिहीवार

741 

shares

८ फागुन, बेलायत । गैरआवासीय नेपाली संघ युकेमा हस्तक्षेप भएको भन्दै संघका उपाध्यक्ष प्रेम गाहा मगरले आपत्ति जनाएका छन् ।

एनआरएनए युकेको कार्यक्षेत्र भित्र पर्ने हाम्रो वार्षिकोत्सव मनाउने नाममा आईसीसीका मनोनित सदस्य रामशरण सिंखडाको गतिविधीबाट एनसीसी माथि अनावस्यक हस्तक्षेप भएको महशुस गरेको बताएका छन् ।

उनले सिंखडालाई एक पत्र लेख्दै भनेका छन् ‘यस्तो समयमा तपाई जस्तो ब्यक्तिले एनआरएनएको एनसीसीलाई एनसीसीका पदाधिकारी तथा सदस्यहरुलाई काम गर्न दिनुको सट्टा स्वयंले श्रीपेच पहिरीन खोज्नु लोक लाजका हिसावले पनि नसुहाउने कुरा हो । संस्थापकहरु समेतले विरोध गरिरहेको सन्दर्भमा यहाले थप ढिपी नगरी यो कार्यबाट बाहिरीन तथा एनसीसीलाई सल्लाह सुझाव मात्र दिएर सहयोग गर्न अनुरोध गर्दछु ।’

यस्तो छ प्रेम गाहाले लेखेको पत्र

श्री रामशरण सिंखडा ज्यू
आइसीसी सदस्य
एनआरएनए युके ।

वार्षिकोत्सव आयोजना सम्वन्धमा

उपरोक्त विषयमा सर्बप्रथम तपाईको नेतृत्वमा गठन भएको भनिएको १५ औ बार्षिकोत्सव तयारी समितिको सचिवालय सदस्यको रुपमा मलाइ मनोनित गर्नु भएकोमा उक्त पद स्वीकार गर्न असमर्थ भएको कुरा जानकारी गराउन चाहान्छु ।

तपाई संयोजक भएको बेलायतको एनआरएन स्थापना भएको (एनसीसी) युकेको १५ औ वार्षिकोत्सव मनाउन हो कि आईसीसीको हो भन्नेमा बेलायतका आम नेपाली अन्यौलमा परेका छन् । यदि एनसीसीको स्थापना भएको १५ औ वर्ष मनाउन लागिएको हो भने तपाइ यो कार्यको संयोजन गर्ने उपयुक्त पात्र होइन । बेलायतमा श्रीमती पुनम गुरुङ्गको नेतृत्वमा एनसीसीको कार्यसमिती क्रियासील छ । हामी कार्य समितीका पदाधिकारी पनि कृयासील छौ । हाम्रो आफ्नो नेतृत्वमा रहेको एनसीसीको बार्षिक उत्सव मनाउने कुराको नेतृत्व गर्न हाम्री अध्यक्ष स्वयं सक्षम हुनुहुन्छ भने उहाले नसके हामी यो कार्यका लागि तयार छौ । बेलायतको एनसीसीको १५ औ वार्षिकोत्सव सम्वन्धी तपाइको कृयाकलापले प्रथमत : अध्यक्ष श्रीमती गुरुङ्ग र वहाको नेतृत्वमा रहेको समिती एउटा सामान्य बार्षिकोत्सव समारोह आयोजना गर्न समेत असक्षम छ भन्ने देखाउन खोजेको देखियो भने अर्को तर्फ अध्यक्ष र महासचिवलाई अगाडी देखाएर पछाडीबाट शासन गर्ने तपाइको चाहाना देखियो । हामी बेलायतबासी नेपालीहरु निर्वाचन प्रकृयामा नगई पछाडीको बाटोबाट आएको कुनै चलाख ब्यक्तिको दोहोरो नेतृत्व स्वीकार गर्न सक्दैनौ । बेलायतको एनआरएनएको नेतृत्व गर्ने यहाको इच्छा हो भने अझै १८ महिना कुरेर श्रीमती पुनम गुरुङ्गको स्थानमा चुनाव लडेर अध्यक्ष भएर आउन मेरो विनम्र अनुरोध छ । हाललाई भने तपाइ केवल मनोनित आईसीसी सदस्य मात्र भएकोले तपाइलाई मनोनित गर्ने ब्याक्तीले जे कामका लागि मनोनित गरेका हुन त्यही काम गर्न र बेलायत एनसीसीको कार्यसमितिलाई अनावस्यक हस्तक्षेप नगर्न आग्रह गर्दछु । कृपया हाम्रो कार्यक्षेत्रमा हस्तक्षेप नगरिदिनुहोस् हामी आफ्नो काम आफै गर्न चाहान्छौ ।

कार्यक्रमका सम्वन्धमा तपाइले एक पक्षियरुपमा मात्र लविङ्ग गरेको पाइयो । कार्यक्रमको वारेमा गोप्य तयारी गर्ने । एनसीसीका सचिवालयका जिम्मेवार पदाधिकारी तथा सदस्यहरुलाई पुर्ण बेवास्ता गर्ने । अपारदर्शि आर्थिक गतिविधि गर्ने । कार्यक्रमका क्रममा हुने गतिविधीको खाका गोप्य राख्ने कार्य स्वीकार्य हुदैन । म स्वयं एनसीसीको निर्वा्चित उपाध्यक्ष हुँ । म स्वयं उपाध्यक्ष भएको एनसीसीको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने, आइसीसी सदस्य भएर आईसीसीको नाममा गतिविधी नगरी एनसीसीको नाममा चलखेल गर्ने । एनसीसीका नाममा गर्ने गतिविधी स्वयं हामीबाटै लुकाउने कुरा अस्वाभावीक छ । म तपाइलाई यस्तो कार्य गरेर बेलायतको एनआरएनलाई कमजोर र विबादास्पद नबनाउन अनुरोध गर्दछु ।

एनआरएनए युके विगत निर्वाचन पछाडी विभाजित मानसिकतामा छ । आर्थिक अनियमितता, निर्वाचन अनियमितता जस्ता अनेक काण्डले बेलायती समाजमा एनआरएन प्रति नकारात्मक भावना समेत देखिन थालेको छ । यस्तो समयमा तपाई जस्तो ब्याक्तीले एनआरएनएको एनसीसीलाई एनसीसीका पदाधिकारी तथा सदस्यहरुलाई काम गर्न दिनुको सट्टा स्वयंले श्रीपेच पहिरीन खोज्नु लोक लाजका हिसावले पनि नसुहाउने कुरा हो । संस्थापकहरु समेतले विरोध गरिरहेको सन्दर्भमा यहाले थप ढिपी नगरी यो कार्यबाट बाहिरीन तथा एनसीसीलाई सल्लाह सुझाव मात्र दिएर सहयोग गर्न अनुरोध गर्दछु ।
धन्यवाद

तपाईको मित्र
प्रेम गाहा मगर
उपाध्यक्ष
एनआरएनए युके
१९ फेबु्रअरी २०२०

उहाँ आफैले जिम्मेवारी दिनु भएको हो-आइसीसी सदस्य सिंखडा
यसै विषयमा एनआरएनए आइसिसि सदस्य रामशरण सिमखडाले १५ औं बार्षिकोत्सव कार्यक्रमका लागि आफुलाई संयोजक तोकेर आवश्यक अख्तियारी प्रत्योजन सहित उक्त जिम्मा दिएको संसारन्युजलाई बताएका छन् ।

संसारन्युजसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुको कार्यसमितिले नै मलाई जिम्मा दिएको हो । जसमा मलाई जिम्मेवारी दिइएको माईन्यूटमा प्रेमजीको पनि सहि छ । अहिले आएर कुन उद्धेश्यले यस्तो भन्नु भएको छ थाहा छैन । एक महिना अघी उहांसंग कुरा गरी यो आयोजक समितमा बस्न मंजुर पनि हुनु भएको हो । बार्षिकोत्सवको संघारमा छौं । उहाँले आफै सहि गरेर हुन्छ भनेको कुरा अहिले किन त्यस्तो गर्नु भएको छ बुझ्न सकेको छैन । कार्यसमितिले जिम्मेवारी फिर्ता माग्छ भने मेरो कुनै न त गुनासो छ न सिकायत नै तर ज्ञातब्य के रहोस् भने यस अभियानमा निरन्तर स्थापनाको दिनदेखी आज सम्म लागि परेको छु । शब्य चयन र पद्धती सबैले बुझ्दाफेरी राम्रो हुन्छ ।’

 

वि.सं.२०७६ फागुन ८ बिहीवार १७:४० मा प्रकाशित

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...