back
CTIZAN AD

उपचार नपाउँदा खोरमै बन्धक

वि.सं.२०७६ फागुन ९ शुक्रवार

783 

shares

९ फागुन, विराटनगर । छेउमा कोही पुग्दा मुस्कुराउँछन् बोली आउँदैन । खुला ठाउँमा रमाउन खोज्छन् । पाउँदैनन् । १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो ।

उनी दिनभर त्यहीं थुनिन्छन् । राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ । उज्यालो नहुँदै खोरभित्र थुनिन्छन् । हजुरबा–हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन् । फर्कंदा बालक कपडामा दिसा पिसाब गरेर खेलाइरहेका हुन्छन् ।अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन । वरपर घस्रिएर मात्रै पुग्न सक्छन् ।

खाना अर्कैले खुवाई दिनुपर्छ । स्मरणशक्ति कमजोर छ । ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए । जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन् ।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए । उनी चटपटे बेचेर परिवार चलाउँछन् । हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन् । सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन् । टहरो स्थानीय बासिन्दाले बनाई दिएका हुन् । पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ ।

राउत परिवार भोजपुरको दावाँबाट संखुवासभा खाँदबारीस्थित चेवा हुँदै २०३२ सालमा झापाको महारानी झोडा झरेको थियो । २०५७ सालमा इलामको लक्ष्मीपुर पुग्यो । चार वर्षदेखि बेलबारीमा बस्दै आएको यो परिवार गरिबीको चपेटामा छ । पैसा नहुँदा दिलबहादुरले नातिको उपचार गराउन सकेका छैनन् ।

बल्लतल्ल डेढ लाख रुपैयाँ जुटाएर भारतको सिलिगुडीसम्म लगेर औषधि उपचार गरे पनि नातिलाई निको नभएको दिलबहादुरले बताए । उनले भने, ‘थप पैसा नभएकाले बाँकी उपचार गर्न सकिएन । शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०७:३८ मा प्रकाशित

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...