१२ फागुन, काठमाडौं । ७० करोड कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएकै दिन फागुन ८ गते साँझ सञ्चार मन्त्रालयमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगले छापा मारेर बाँस्कोटाको कार्यकक्षका सम्पूर्ण समान बरामद गरेको समाचार बाहिरियो । अधिकांश मिडियामा सञ्चारमा अख्तियारको छापा भन्ने समाचार आएपछि उक्त प्रकरणलाई लिएर अख्तियारले चासो राख्यो । कारण थियो सो दिन सञ्चार मन्त्रालयमा अख्तियारले छापा मारेकै थिएन ।
अख्तियारको नाममा कस्ले छापा मायो भनेर घटनाको अख्तियारले अनुषन्धान गयो । सिंहदरबारको सीसीटिभी फुटेज हेर्दा सो घटनामा अख्तियारका कुनैपनि कर्मचारीको संलग्नता देखिएन । सम्पत्ति सुद्दिकरण (सिविआई)ले पनि सञ्चार मन्त्रालयमा छापा मारेको पाईएन । बुझ्दै जाँदा बाँस्कोटा आफैले आफ्ना मान्छे पठाएर त्यहाँका कागजपत्रहरु कब्जा गरेर लगेको रहस्य खुलेको छ ।
स्रोतका अनुसार बाँस्कोटाले नै त्यहाँका कागजपत्र आफ्नो हातमा लिनका लागि सादा पोशाकका सुुरक्षाकर्मीका नाममा आफ्ना मान्छे पठाएर कागजपत्र नियन्त्रणमा लिएका थिए ।
आफुमाथी छानविन गर्दा अन्य थप कमिसनका लागि काम भईरहेका प्रोजेक्टका कागजपत्र फेला पर्न सक्ने र त्यसले अप्ठायारो पार्न सक्ने भएपछि उनले आफ्ना मान्छे मन्त्रालय पठाई कागजपत्र गुपचुप रुपमा उठाएर हिडेको स्रोतको दाबी छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार १५:५९ मा प्रकाशित






























