१२ फागुन, काठमाण्डौं । त्रिभुवन विश्व विद्यालयल शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले स्नाकोत्तर तह दोश्रो सेमेस्टरको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
महाशाखाका अनुसार शिक्षाशास्त्र संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा आधारीत स्नाकोत्तर तह (खुल्ला तथा दूर सिकाई समेतको) दोश्रो सेमेष्टर (नियमित तथा आंशिक) को २०७६ साल चैत्र दोश्रो साता देखि संचालन हुने परीक्षामा सम्मिलित हुन चाहाने विद्यार्थीहरुका लागि यहि फागुन २३ गते सम्म आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम बुझाउन सम्बन्धीत सबैमा सूचित गरेको छ ।
महाशाखाले निर्धारित समयमा परीक्षा आवेदन नबुझाउने विद्यार्थीले दोब्बर दस्तुर बुझाई फागुन मसान्त सम्म परीक्षा आवेदन बुझाउन सक्नेछन् । सबै क्याम्पसहरुले आवेदन फारम बापत संकलित शुल्क एकल दस्तुरको हकमा फागुन २८ गते सम्म र दोब्बर दस्तुरको हकमा चैत १ गतेसम्म संकायको बैंक खातामा जम्मा गरी सक्कल भौचर सहित परीक्षा नियन्त्रण महाशाखामा चैत्र ३ गते सम्म आइपुग्ने गरी परीक्षा आवेदन फारम पठाउन पनि उक्त सूचनामा भनिएको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार १८:०६ मा प्रकाशित





























