back
CTIZAN AD

मर्केल र अलान्दको युक्रेन द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दी थप गर्नुपर्ने

वि.सं.२०७३ मंसिर २९ बुधवार

960 

shares

२९ मंसिर, बर्लिन (जर्मनी) । जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आफूहरू युक्रेनी द्वन्द्वका विषयमा रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी थप गर्नुपर्ने पक्षमा रहेको मङ्गलबार बताउनुभएको छ ।

युरोपेली युनियनका सदस्य राष्ट्रका उच्च नेताहरूको ब्रसेल्समा हुने भेटमा युक्रेन रसिया द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दीबारे छलफल हुनुपूर्व युरोपेली दुई शक्ति राष्ट्रका प्रमुखले सो धारणा व्यक्त गर्नुभएको हो ।

युक्रेनको शान्ति प्रक्रियामा देखिएका गम्भीर कमजोरीका कारण युक्रेनी युद्धबिराम उल्लङ्घनका घटना लगातार आएका कारण रसियाविरुद्ध नाकाबन्दीको समय थप गर्नु आवश्यक हुने देखिएको छ, मर्केलले अलान्दसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

सोही अवसरमा फ्रान्सका राष्ट्रपति अलान्दले भन्नुभयो, मिन्स्क शान्ति सम्झौता कार्यान्वयनमा अपर्याप्त प्रगति देखिएको भन्दै मर्केलको रसियामाथि नाकाबन्दी थप गर्नुपर्ने धारणाप्रति अलान्दले पनि सहमति व्यक्त गर्नुभयो ।

युद्ध अन्त्य गर्ने विषयमा पर्याप्त प्रयास नभएको र यस विषयमा प्रगति नदेखिएको साथै उस्तै अवरोधहरू देखिएका कारण मैले जर्मन चान्सलर मर्केलको धारणाप्रति सहमति जनाउँछु र रसियाविरुद्ध नाकाबन्दी थप गर्ने पक्षमा म रहेको जानकारी गराउन चाहन्छु, फ्रान्सका राष्ट्रपति अलान्दले भन्नुभयो ।

युक्रेनको पूर्वी क्षेत्रमा द्वन्द्वरत युक्रेनी सरकार वा रसिया समर्थक युक्रेनी विद्रोही दुवैतर्फबाट सम्झौतालाई पूर्णतया कार्यान्वयनमा नलगे अझै पनि उक्त क्षेत्रमा सानातिना युद्धका घटना हुने गरेका छन् ।

सन् २०१४ देखि सुरु भएको उक्त द्वन्द्वका कारण करिब १० हजार मानिसको मृत्यु भएको र यसलाई अन्त्य गर्न मिन्स्क सम्झौता भएको थियो ।

एक जना युरोपियन युनियनका अधिकारीले ब्रसेल्समा जर्मन चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति अलान्दले रसियामाथिको नाकाबन्दी थप सिफारिस गर्ने बताएका थिए ।

नाकाबन्दी थप गर्ने विषयमा सन् २०१७ को जनवरीमा युरोपेली सदस्य राष्ट्रबीच औपचारिक सहमति गरिने भए पनि यस विषयमा सबै मुलुकबीच सहमति देखिएको छ । एएफपी

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:२३ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...