back
CTIZAN AD

सिरियामा जारी द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यु

वि.सं.२०७३ मंसिर २९ बुधवार

996 

shares

२९ मंसिर, बेरुत (लेबनान) । सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

सन् २०११ मा यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६ हजार बालबालिकासहित ५३ हजार विद्रोहीको मृत्यु भएको छ भने एक लाख १० हजार सरकार पक्षघर लडाकूले पनि ज्यान गुमाएका छन् । मृत्यु भएका सरकार पक्षधर लडाकूमध्ये ६० हजार सिरियाली सेना भएको उक्त संस्थाले जनाएको छ । त्यसैगरी द्वन्द्वमा दशौँ हजार सिरियाली मिलिसिया र कैयौँ लेबनानी हेजबुल्लाह आन्दोलनका सदस्य तथा विदेशी लडाकूको पनि सिरियाको द्वन्द्वमा परी विगत पाँच वर्षको अन्तरालमा मृत्यु भएको छ ।

संस्थाले करिब ५५ हजार जिहादी समुदायका लडाकूको मृत्यु भएकोमा अधिकांश इस्लामिक स्टेट (आईएस) समूह वा पूर्व अल कायदा समूहमा आवद्ध फतेह अलसाम फ्रन्टका लडाकू रहेका छन् भने केही अन्य साना अतिवादी समूहका सदस्यहरू रहेका जनाएको छ । संस्थाले करिब तीन हजार ६८३ जना मृतकको परिचय खुल्न नसकेको बताएको छ ।

अलेप्पोमा असद सेना सफलता नजिक
मङ्गलबार सिरियाली राष्ट्रपति बसर अल असदको सरकार पक्षधर सेनाले विद्रोहीको आश्रयस्थल रहँदै आएको प्राचीन सहर अलेप्पोको करिब सम्पूर्ण भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । यो राष्ट्रपति असदको युद्धका क्रममा भएको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको छ । एएफपी

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:२३ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...