back
CTIZAN AD

पुटिन अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग ‘भेट्न तयार’

वि.सं.२०७३ मंसिर २९ बुधवार

819 

shares

२९ मंसिर, मस्को (रसिया) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताउनुभएको छ ।

सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भन्नुभएको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ ।

अन्तरवार्तामा पुटिनले भन्नुभएको छ, “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रूपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोल्नुभएको छ । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।”

“हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ,” पुटिनले भन्नुभयो ।

उहाँले सन् २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि दुई नेताबीच भेट हुने सम्भावना व्यक्त गर्नुभयो । एपी

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:२२ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...