back
CTIZAN AD

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

वि.सं.२०७६ फागुन १२ सोमवार

3K 

shares

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने कार्य अघि बढाउने भएको छ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै  गृहमन्त्रालयले त्यसका लागि गृहकार्य सुरु गरिसकेको छ ।

माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ऐनको रुपमा कार्यान्वयनमा आएको उक्त विधेयकमा प्रदेश प्रहरी प्रमुखमा नायब महानिरीक्षकलाई खटाइने जनाइएको छ । प्रदेश प्रहरी प्रमुख संघीय सरकार मातहत रहने गरी व्यवस्था गरिएको छ । अन्य सबै प्रहरीहरुको भने सरुवा बढुवा प्रदेश सरकार मातहत नै हुने उल्लेख छ । प्रत्येक प्रदेशमा खटिने प्रहरीलाई प्रदेश सभाले बनाउने कानुनबमोजिम प्रदेशको सम्वन्धित अधिकारीले प्रदेशभित्र सरुवा गर्नेछन् ।

तीन महिनाभित्र नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गरिँदै


गृहमन्त्रालये यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र प्रहरी कर्मचारी समायोजन गर्ने प्रयोजनको लागि प्रहरी कर्मचारीको वववरण तयार गरिने जनाइएको छ ।

समायोजनको लागि मन्त्रालयले ऐन बमोजिम प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजनका लागि प्रत्येक प्रदेशमा समायोजना गरिने प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका पद, दर्जा र त्यसको संख्या सहितको विवरण खुलाई समायोजनको लागि प्रहरी कर्मचारीबाट निवेदन आह्वान गरी सूचना प्रकाशित गरिने उल्लेख छ । विधेयकमा प्रदेशको प्रहरी समायोजन गर्ने विषयमा समिति बनाइने उल्लेख छ ।

यसरी समायोजन गर्दा विभिन्न विषयलाई आधार तोकेको छ । जसअनुसार उमेरको ज्येष्ठताको आधारमा प्रदेश अन्तर्गत समायोजन गरिने तथा हालको स्थायी ठेगाना भएको प्रदेश अनुसार नै खटाइने उल्लेख छ । यसरी समायोजन भएको प्रहरी कर्मचारी १५ दिन भित्र खटाइएको प्रदेशमा हाजिर हुनु पर्नेछ ।

प्रदेशमा प्रहरीको समायोजन गर्दा प्रहरी कर्मचारीको छनोटको आधारमा सम्भव भएसम्म पतिपत्नीलाई एकै प्रदेशमा पर्ने गरी समायोजन गरिने जनाइएको छ ।

हेर्नुस प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

वि.सं.२०७६ फागुन १२ सोमवार २१:४५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...