back
CTIZAN AD

भारतमामा मंगलबार पनि झडप, सात जनाको मृत्यु

वि.सं.२०७६ फागुन १३ मंगलवार

816 

shares

१३ फागुन काठमाडौं । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका थिए । दिल्ली प्रहरीले घटनामा परी सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राती सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मङ्गलबार पनि जारी छ ।

ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १५:३० मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...