back

राष्ट्रिय सभा सदस्यहरूको शपथ फागुन २१ मा, सचिवालयले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन १३ मंगलवार

162 

shares
NTC AD
Global IME AD

फाइल फोटो

१३ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ कार्यक्रम आगामी फागुन २१ गते हुने भएको छ । निर्वाचित सदस्यहरूको शपथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराउने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

शपथग्रहण कार्यक्रममा १ घण्टाअगाडि नै राष्ट्रिय पोशाक अथवा आफ्नो पहिचान झल्कने औपचारिक पोशाक लगाएर उपस्थित हुन पनि सचिवालयले अनुरोध गरेको छ।

यदि निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा उक्त मातृभाषामा अनुवाद गरिएको शपथको एक प्रति तीन दिनअगाडि नै सचिवालयमा बुझाउनुपर्ने भएको छ ।

गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका थिए । नेकपाबाट १६ जना र राजपाबाट २ जना उम्मेद्वार निर्वाचित भएका थिए ।

 

वि.सं.२०७६ फागुन १३ मंगलवार १७:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...