back
CTIZAN AD

प्रधानमन्त्रीले काटेको केकबारे आलोचना गर्नेहरुलाई यस्तो भनिन् सांसद चौधरीले

वि.सं.२०७६ फागुन १३ मंगलवार

963 

shares

१३ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्म दिनको अवसरमा आफ्नो जन्म ठाउँ तेह्रथुमको आठराई गाउँपालिकामा पुगेर काटेको केकको चर्चाले सामाजिक संजाल अझै सेलाउन पाएको छैन ।

यसमा केहीले प्रधानमन्त्रीले नेपालको नक्सा डिजाइन गरिएको केक काट्नु अन्तराष्ट्रिय प्रचलन रहेको र यसको विरोध गर्नु नपर्ने भनेका छन् भने केहीले भने यसको तिब्र आलोचना गरेका छन् । यतिबेला नेपाली समाज केककै कारण दुई धु्रवमा बाडिएर पक्ष र विपक्षसमा समर्थन र आलोचना गरेको पाइएको छ ।

यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले भने शुभेच्छुकहरुले राष्ट्र प्रेमको प्रतिक हुने गरी केकमाथि नेपालको नक्सा बनाएर दिएकोले त्यसमा विरोध गर्नुपर्ने के छ भन्दै यस विषयमा प्रश्न समेत गरेकी छन् ।

उनले सामाजिक संजाल फेसबुकमा आफ्ना विचार पोख्दै भनेकी छन् ‘फेरि प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन । कस्तो केक थियो भनेर समय खर्च गर्नुभन्दा बरु प्रधानमनमन्त्रीको समृद्धिको योजना र कार्यक्रममा तपाईको सुझाब के छन् , कसरी अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान भन्ने जस्ता बिसयमा बहस चलाउनु राम्रो हुन्छ ।’
कान छाम्ने काम गरेर कागको पछि नलागी सकारात्मक सोचका साथ देश विकासको अभियानमा एक ढिक्का भएर अघि बढ्नका लागि सांसद चौधरीले सबैमा आब्हान समेत गरेकी छन् ।

सांद चौधरीले लेखेकी छन्,
‘आफ्नो जन्मदिन पारेर प्रधानमन्त्रीज्यू जन्मभूमि तेह्रथुम जानु भयो । सडक, खानेपानी लगायतका विभिन्न बिकास निर्माणका कामहरुको उद्घाटन गर्ने पहिलेदेखि कै योजना थियो । पटक पटक जान समयले नभ्याउने तर जन्मेको घरमा जाने पहिले देखि कै चाहना । जन्मदिन मै पारेर अन्य सबै काम सम्पन्न गर्ने योजना बन्नु स्वाभाविकै हो । स्थानीयले आफ्नो अबिभाबक र देशकै प्रधानमन्त्रीलाई भब्य स्वागत गरे । शुभेच्छुकहरुले केकको समेत ब्यबस्था गरे । रास्ट्र प्रेमको प्रतिक हुने गरि केकमाथी नेपालको नक्सा बनाए । बिरोध गर्नु पर्ने के छ यो विषयमा ? फेरी प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन । कस्तो केक थियो भनेर समय खर्च गर्नुभन्दा बरु प्रधानमनमन्त्रीको समृद्धिको योजना र कार्यक्रममा तपाईको सुझाब के छन्, कसरी अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान् भन्ने जस्ता बिषयमा बहस चलाउनु राम्रो हुन्छ । सबैले कान छाम्ने काम गरम, कागको पछि नलागम । सकारात्मक सोचका साथ देश विकासको अभियानमा एक ढिक्का भएर अघि बढ्न सबैमा आब्हान गर्दछु । प्रधानमन्त्रीजीलाई पुन ः जन्मदिनको शुभकामना छ । समृद्धिको अभियानमा सफलता प्राप्त होस् ।’

वि.सं.२०७६ फागुन १३ मंगलवार १८:२२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...