back
CTIZAN AD

प्रदेश सरकारले प्रदेश प्रहरी भर्नाको तयारी गर्दै

वि.सं.२०७६ फागुन १४ बुधवार

750 

shares

१४ फागुन,जनकपुर । प्रदेश प्रहरी गठनसम्बन्धी आवश्यक संघीय कानुन आएसँगै प्रदेश २ सरकारले प्रहरी भर्नाका लागि आवश्यक तयारी थालेको छ ।

प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियमावली र निर्देशिका तयार गर्दै छ ।

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई अन्तिम टुंगो लगाइने’ बताए । प्रदेश प्रहरी गठनका लागि चाहिने आवश्यक संघीय कानुन माघ २८ मा आइसकेको छ । संविधानले प्रदेशभित्रको शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि संघीय कानुन नआउँदा प्रदेश प्रहरीको गठन अगाडि बढ्न सकेको थिएन ।

प्रदेश २ ले संघीय कानुन आउनु एक वर्षअघि नै प्रहरी ऐन ल्याएको थियो । प्रहरीको दरबन्दी निर्धारण र समायोजन गर्न ऐनले गृहसचिवको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको छ । समितिको पहिलो बैठक मंगलबार बसेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले समायोजन कार्यलाई प्राथमिकता दिएर काम बढाइने बताए । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ फागुन १४ बुधवार ०८:१५ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...