back

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह

वि.सं.२०७६ फागुन १४ बुधवार

237 

shares
RBB AD
NTC AD

१४ फागुन, जाजरकोट । पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माणशुरु भएको छ ।

“स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भने ।पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौवटा स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उनले जानकारी दिए ।

बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत शुरु गरेको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक, प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामको स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मतहतमा आइसकेको छ ।

स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिए ।

भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य जारी राखेको छ ।

त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले ७ नं वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाइ सेवा शुरु गरेको छ  । डा कविन बस्नेतले सेवा दिनुभएको छ । “संविधानमा गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था गरिएअनुसार हामीले नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने ।

गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए  । उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र एकजना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने तीनजना एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ ।

गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ  । अस्पतालमा एक चिकित्सकसहित, नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् ।

अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवारयोजना, कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ  ।

सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो । यसअघि आठबिसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो ।

आठबिसकोट नगर अस्पताबाट जाजरकोट नलगाड नगरपालिकाका स्थानीयवासीले समेत सेवा लिन पाएका छन् । नगरपालिकाले अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । रासस

वि.सं.२०७६ फागुन १४ बुधवार १३:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका...

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना...

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ ।...

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो...

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट...