back

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

वि.सं.२०७६ फागुन १४ बुधवार

159 

shares
RBB AD
NTC AD

१४ फागुन, जकार्ता ।  इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिए ।
उनले जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ ।

पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपतकालीन राहत सहायता प्रदान गरिएको छ । प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको पनि जानकारी दिए ।

प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए ।
इन्डोनेसियाको जलवायू विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीप सहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए । विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार १३:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो...

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले...

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख...

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा...