१४, फागुन, काठमाडौं । सरकारले अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी पनि दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।
तत्कालीन सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाको राजीनामा पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री खतिवडाले सम्हालेका छन्।
सञ्चारमन्त्रीलाई सरकारका प्रवक्ता तोक्ने प्रचलन छ। मन्त्री खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिंदैछ।
वि.सं.२०७६ फागुन १४ बुधवार १७:०६ मा प्रकाशित






























