back
CTIZAN AD

संसदमा जनार्दन शर्माको आक्रोशः नेपाल ट्रष्टले श्वेतपत्रको नाममा अश्वेतपत्र निकाल्यो

वि.सं.२०७६ फागुन १५ बिहीवार

684 

shares

१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टको जग्गामा हालैमात्र उपप्रधान तथा रक्षामन्त्रीले जारी गरेको श्वेतपत्रप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर उनले पोखरेलले जारी गरेको श्वेतपत्र झुटको पुलिन्दा भएको टिप्पणी गरे।

आफू गृहमन्त्री हुदाँ कहिले पनि नेपाल ट्रष्टको कार्यालयमा प्रवेश नगरेको भन्दै त्यसमा म संलग्न भएको भनि कसरी श्वेतपत्र जारी भयो भन्दै उनले जवाफ मागे। रक्षामन्त्री पोखरेल अध्यक्ष भएको ट्रष्टको जग्गा वितरणमा संलग्नमा उल्टो नीति सुरु भएको टिप्पणी उनले गरे। ‘जग्गा दिनेहरुको नाम नलेख्ने तर संलग्न नै नभएको मानिस संलग्न भयो भनि झुठा विवरण सार्वजनिक गर्न मिल्छ,’ उनले भने, ‘ यो श्वेतपत्र हो कि अश्वेत पत्र हो।’

शर्माले भने मलाई तर्साउन खोजिएको हो। आत्मसर्मपण गराउन खोजिएको हो। सरकारले मलाई ढाँट्न सक्ला तर सरकारलाई कसरी ढाँट्न सक्छ ? कसरी विश्वास गर्ने ? विश्वासको संकट भयो। लेख्नुपर्नेको नलेख्ने तर लेख्नै नपर्नेहरुको किन लेखियो।

वि.सं.२०७६ फागुन १५ बिहीवार १४:११ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...