back
CTIZAN AD

सरकारलाई पार्टीभित्रैबाट खेद्‍ने काम भयोः प्रधानमन्त्री

वि.सं.२०७६ फागुन १५ बिहीवार

1.1K 

shares

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि झुटो आरोप लागिरहँदा पार्टीकै नेताहरुले काखी बजाइरहेको गुनासो गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने -‘हाम्रा साथीहरु झुटो आरोप लाग्दा पनि काखी बजाएर मजा लिन्छन् । ‘

ओलीले तत्कालीन सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएको प्रमाणित नभएको बताएका छन्। उनले भने, ‘भ्रष्ट भेटियो भने अनुहार नहेरी कारवाही गर्छु भनेको छु, कारवाही हुन्छ ढुक्क हुनुहोस् ।’

उनले बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएको पनि बताए। ‘गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन। स्वीसवाला कम्पनीले पनि होइन भनेको छ। कमिसनको बार्गेनिङ गरेका विजयप्रकाश मिश्र पनि आफूहरुको एजेन्ट नभएको दूतावासले भनिसकेको छ’, उनले भने, ‘आफ्नो नाममा बात लागेकाले उनले राजीनामा गरेको हो। भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर अशिष्ट टिप्पणी गरियो। दोष अनुसारको सजाय भोग्छन् गोकुलले, तर अहिले उनीमाथि आरोप पनि छैन, मुद्दा पनि चल‍ेको छैन।’

ओलीले जनताले सरकारको प्रशंसा गरिरहँदा पार्टी भित्रै देवत्वकरण गरियो भन्दै आलोचना गरिएको गुनासो गरे। ‘जनताले मेरो प्रशंसा गर्दा पार्टी भित्रै देवत्वकरण गरियो भनेर आलोचना भयो’, उनले भने, ‘जनताले अलिकति राम्रो गरेको छ है भन्दा पार्टीमा खेद्‍ने काम भयो।’

वि.सं.२०७६ फागुन १५ बिहीवार १७:२१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...