back
CTIZAN AD

स्ववियु निर्वाचनमा सहभागि हुन पाउनुपर्ने अनेरास्ववियू (क्रान्तिकारी)को माग

वि.सं.२०७६ फागुन १५ बिहीवार

792 

shares

टीका कुरुङवाङ, प्रशिक्षार्थी पत्रकार
१५ फागुन, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा आफ्नो संगठन सहभागि हुन पाउनुपर्ने माग गरेको छ । विहिबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष चिरन्जीवी ढकालले आफ्नो संगठनमाथी सरकारले लगाएको प्रतिवन्ध फुकुवा गरी स्ववियू निर्वाचनमा सहभागि हुने वातावरण बनाउन माग गरे ।

ढकालले जनयुद्व दिवसको अवसरमा सरकारले विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाएर जेल हालेको भन्दै सरकारको उक्त कदमप्रति घोर आपत्ति जनाए ।

ढकालले आफूहरु विद्यार्थी भएको र आफ्ना संगठनका विद्यार्थीहरु कुनै वन्दुक बोकेर हिड्ने नभई कलम बोकेर विद्यालय र विश्वविद्यालय धाउने विद्यार्थी भएको बताए । उनले संगठनको शान्तिपुर्ण गतिविधीहरु माथी सरकारले प्रतिवन्ध गाउन उचित नहुने बताए ।

ढकालले संगठन देशको शैक्षिक क्षेत्रमा देखापरेका विभिन्न विकृति र विसंगतिकाविरुद संघर्ष गर्ने शक्तिभएको र त्यहि अनुसारको व्यवहार गर्न सरकारँंग माग गरे ।

त्यसैगरी उक्त संगठनका कोषाअध्यक्ष नरेन्द्र विश्वकर्माले देशव्यापी रुपमा शिक्षालाई निःशुल्क बनाउनुपर्ने आफूहरुको उद्देश्य र माग रहेको सनुाए । उनले भने,‘निःशुल्क शिक्षाले सम्पूर्ण निम्न वर्ग शिक्षीत हुन्छ र यो सँगै मुलुकको विकासमा पनि मद्दत पुग्छ ।’ उनले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको संज्ञा दिए ।

हेर्नुहोस् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको विज्ञप्ती

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति
प्रेश विज्ञप्ति
मितिः– २०७६ फाल्गुन १५

हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै जनतन्त्र, जनजिविका, राष्ट्रियता एवं शैक्षिक प्रणालीमा परिवर्तनको पक्षमा निरन्तर रुपमा जिवनमरणको संघर्षमा रहेको विषय सर्वविधितै छ । नेपालको राजनैतिक र शैक्षिक ईतिहास परिवर्तनका विभिन्न कालखण्ड र मोडहरुमा हाम्रो संगठन निरन्तर रुपमा जनविरोधी र राष्ट्रघाती शासकहरुका दमन, जेलनेल, वुट र वन्दुकको प्रवाह नगरि निरन्तर रुपमा देशमा जनताको वास्तविक अर्थको राज्य व्यवस्था स्थापना गर्न र नेपालको प्राकृतिक साधन स्रोत र मानव संसाधनलाई जोडेर देश र जनताको वास्तविक जिवनमा आमुल परिवर्तन गर्न सक्ने शिक्षा प्रणालीको स्थापनार्थ अनवरत संघर्षमा रहेको छ । गौरवपुर्ण ईतिहास वोकेको हाम्रो संगठन अहिले देशमा शिक्षामा चलिरहेको व्यापारिकण, निजिकरण र दलालीकरणका विरुद्ध राज्यको व्यवस्थापनमा चल्ने वैज्ञानिक र समान वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनार्थ संघर्षरत रहेको छ ।

विगत केही समयदेखि हाम्रो संगठनमाथी अहिलेको केपी ओली नेतृत्वको सरकारले प्रतिवन्ध लगाएको छ । देशैभरि हाम्रो संगठनका अध्यक्ष देखी इकाई सदस्य र समर्थकहरु सम्मलाई विभिन्न झुट्टा मुद्दाहरु लगाई गिरप्तार गर्ने, जेलमा कोच्ने, अमानविय यातना दिने लगायतका अराजनैतिक र फाँसिवादी कार्यहरु अहिलेको सरकारले गरिरहेको छ । तसर्थ निम्म विषयहरुमा सरकारको ध्यानाकर्षण गराउन यो पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

१, सरकारले हाम्रो संगठनका अध्यक्ष, कोषाध्यक्ष, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु र अन्य सदस्यहरुलाई गैह्रन्यायीक गिरप्तार गरि हिरासतमा दिईएको चरम यातना, झुट्टा मुद्धा र सरकारको दमनको हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ । हामी जेल हिरासतमा भएका सवै साथीहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौँ । अध्यक्ष, कोषाध्यक्ष, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष लगायतका कमरेडहरुको रिहाईको निम्ति पहल गर्ने विधार्थीहरु, नागरिक समाज, वार एसोसियसन, कानुन व्यवसायीहरु, विभिन्न राजनैतिक व्यक्तित्वहरु, मानवअधिकारवादीहरु, सुरक्षाकर्मीहरु लगायत सवैलाई हाम्रो संगठन धन्यवाद ज्ञापन गर्दछ ।

२, हाम्रो संगठनमाथी लगाईएको प्रतिवन्ध तत्काल अन्त्य गरियोस् । देशैभरि हिरासत र जेलमा भएका हाम्रो संगठनका नेता कार्यकर्ताहरुलाई विनासर्त तत्काल रिहाई गरियोस् । जेल र हिरासतमा अमानविय यातना दिने कार्य तत्काल वन्द गरि आफ्ना विचारहरु राख्ने, भेला सम्मेलन गर्न पाउने आधारभुत अधिकारहरको रक्षा गरियोस् । राजनैतिक आस्थाकै आधारमा गिरप्तार गर्ने, चरम यातना दिने, झुट्टा मुद्धाहरु लगाउने कार्यको तत्काल अन्त्य गरियोस् ।

३, त्रिवि अन्तर्गतको स्ववियूको निर्वाचनमा हाम्रो संगठनलाई भाग लिने वातावरणको सृजना गरियोस् । जसको लागी हाम्रो संगठनमाथीको प्रतिवन्ध तत्काल अन्त्य गरियोस् र शान्तिपुर्ण रुपमा स्ववियू निर्वाचनमा देशव्यापी रुपमा भाग लिने वातावरणको सृजना गरियोस ।

४, हाम्रो संगठनमाथी विगत केही समयदेखि चन्दा संकलन गरेको भन्ने भ्रामक र षड्यन्त्रमुलक समाचारहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो संगठन यी समाचार र भ्रमहरुको खारेजी र खण्डन गर्दछ । हाम्रो संगठनको कोही कसैसंग चन्दा लिने निति नभएको पनि यही विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छौँ ।

५, नेपाल वार तथा केही शैक्षिक सरोकारवाला पक्षहरुले शैक्षिक हड्तालप्रति व्यक्त गरेको विचारप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ । उहाँहरुका सुझाव र सल्लाहरुलाई हाम्रो संगठनले सकारात्मक रुपमा लिदैँ हड्ताल हाम्रो व्याध्याकरी अवस्था रहेको समेत स्पष्ट पार्न चाहन्छौँ ।

क्रान्तिकारी अभिवादन सहित

 चिरन्जीवी ढकाल -अध्यक्ष

 नरेन्द्र विश्वकर्मा -कोषाध्यक्ष

वि.सं.२०७६ फागुन १५ बिहीवार १७:०० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...