back
CTIZAN AD

को हुन् त जापानको कोरोना संक्रमण जहाजबाट उद्धार गरिएकी नेपाली महिला ?

वि.सं.२०७६ फागुन १६ शुक्रवार

666 

shares

१६ फागुन, काठमाडौं । जापानबाट कोरोना भाइरस संक्रमित पानी जहाजमा रहेका ११९ जना नागरिकसहित उद्धार गरिएकी काठमाण्डौंकी महिला भएको बताइएको छ ।

उक्त पानी जहाजमा क्रु मेम्बर रहेकी कपनकी अम्बिका बस्नेतको भारतीय नागरिकसँगै उद्धार गरिएको नेपाली दूतावास दिल्लीले जनाएको छ ।

भारतले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो । उक्त जहाजले पाँच जना विदेशी नागरिक र ११९ जना भारतिय यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको थियो । उद्धार गरिएका पाँचजना विदेशीमा दुई जना श्रीलंकाली र एक नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले जनाएका थिए ।

दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको बताइएको छ ।

चार फेब्रअरीमा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७ सय यात्रुमध्ये ७ सय जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । उक्त जहाजमा यात्रा गरिरहेका चारजनाको मृत्यु भइसकेको छ ।

उद्धार गरेर ल्याइएका हरुलाई कोरोना भाइरस संक्रमण भएको नभएको पत्ता लगाउन भारतको हरियाणास्थित मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

कोरोना संक्रमित पानीजहाजबाट आफ्ना नागरिकसहित एक नेपालीको पनि उद्धार गर्‍यो भारतले

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०९:०९ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...