back
CTIZAN AD

बारी नभएर के भयो ? कौसी त छ नि !

वि.सं.२०७६ फागुन १८ आइतवार

840 

shares

१८ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका दमौली बजारका कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने कुराको पुष्टि गरेकी छिन् ।

दमौली बजारको मुटु , दमौलीको सबैभन्दा बढी व्यापार हुने मार्ग भनेर चिनिने कालिका मार्गमा करिब एक आनाको क्षेत्रफलमा बनेको पक्की घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाएकी छिन् ।
उनको घरको कौसीमा मात्र हैन, हरेक तलाको बरन्डामा समेत गमलामा तरकारी लटरम्म फलेको देख्न पाइन्छ ।

एक आनाको जग्गामा बनेको घरमा भरयाङ्लगायतको भाग छोड्दा जम्माजम्मी आधा आना पनि केही बढी ठाउँ बाँकी रहेको छ । त्यसमा पनि पानी जम्मा गर्ने दुईवटा ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उनले सिमेन्टको गारो उठाएर त्यसमा पनि माटो भरेर तरकारी लगाएका छन् । आइतबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ फागुन १८ आइतवार ०८:३० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...