back
CTIZAN AD

भैरवी मन्दिर परिसरमा तेस्रो कुमारी पूजा सम्पन्न

वि.सं.२०७६ फागुन १८ आइतवार

939 

shares

१८ फागुन, नुवाकोट । नुवाकोटको भैरवी मन्दिर परिसरमा तेस्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो ।

समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरु रहेको स्थानमानै हजारौ भक्तजनहरुका साथ २०७० साल देखी पुजा सुरु गरेको बताएको छ । यो समुहले २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो ।

कुमारी पूजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले सुसंस्कारको जर्गेना गर्नुपर्ने बताएका छन् । उनले पहिचान गराउने सँस्कारको विकास संरक्षण तथा कुप्रथाको परिवर्तन गर्नुपर्ने बताए ।

पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृती भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रीय धरोहरको सबै मिलेर संरक्षण गर्नुपर्ने बताए।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै संघिय सांसद नारायण प्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मीक क्षेत्रको अबलोकन तथा भ्रमण गर्न काठमाडौँका जनप्रतिनीधी तथा कुमारी पुजामा उपस्थिती सबै सरोकारवाला पक्षहरुलाई आग्रह गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले बिकाश निर्माणको काम सँगै पर्यटकीय, धार्मीक संपदाको क्षेत्रमा निकै बिकाश गरेको बताए ।

त्यस्तैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सांसद हिरानाथ खतिवडा तथा सांसद केशवराज पाण्डेले धर्म र सस्कृतीलाई संरक्षण तथा प्रवद्र्धमा आफू लागिपर्ने बताए ।

कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख संजु पडित, राजु नापित, बिरेन्द्र शाही लगाएतले मन्तब्य राखेकबा थिए । ह्युमत महिला समुह काठमाडौे नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडौका अध्यक्ष मचानानी महर्जनले बताए।

समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरी शनिबार नुवाकोटमा रहेको जिवित देवी कुमारीको पुजा गरेको हो ।पुजाका लागि काठमाडौबाट झन्डै ७ शय जना भक्तजनहरु नुवाकोट आएका थिए ।

नेपालमा नुवाकोटमा रहेको नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको बताइएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार ११:४९ मा प्रकाशित

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

काठमाडौँ । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...