२९ मङ्सिर, काठमाडौँ । नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्री र मित्रराष्ट्र चीनको छिङ्ताउ म्युनिसिपलबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भयो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी कायम गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्दै छिङ्ताउ सहरमा हुने व्यापार मेलामा नेपाली व्यवसायी भाग लिन इच्छुक रहेको बताउनुभयो ।
प्रतिनिधि मण्डलका प्रमुख मदमले छिङ्ताउ अत्याधुनिक समुद्री बन्दरगाह भएको सहर भएकाले द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न सजिलो हुने धारणा राख्नुभएको थियो । रासस
वि.सं.२०७३ मंसिर २९ बुधवार १४:५२ मा प्रकाशित