back
CTIZAN AD

चाइना चेम्बर कमर्स र छिङ्ताउ म्युनिसिपलबीच व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०७३ मंसिर २९ बुधवार

1.2K 

shares

२९ मङ्सिर, काठमाडौँ  । नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्री र मित्रराष्ट्र चीनको छिङ्ताउ म्युनिसिपलबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भयो ।

छिङ्ताउ म्युनिसिपल पिपुल्स कँग्रेसका उपाध्यक्ष मदम ऊ शुलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधि मण्डलसँगको छलफलपछि नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष डा राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष मदमले सहमति पत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी कायम गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्दै छिङ्ताउ सहरमा हुने व्यापार मेलामा नेपाली व्यवसायी भाग लिन इच्छुक रहेको बताउनुभयो ।

प्रतिनिधि मण्डलका प्रमुख मदमले छिङ्ताउ अत्याधुनिक समुद्री बन्दरगाह भएको सहर भएकाले द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न सजिलो हुने धारणा राख्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार १४:५२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...