back
CTIZAN AD

बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने

वि.सं.२०७६ फागुन १८ आइतवार

1.2K 

shares

१८ फागुन, काठमाडौँ । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज) सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान हुने इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने उनले बताए । पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गर्न लागिएको हो । उनले भने, “बत्ती जडानकै लागि निर्माण कम्पनीसँग छलफल भइरहेको छ ।”

निर्माण व्यवसायी आफैँले डिजाइन गरेकोमध्ये एउटा पुल गत वर्ष नै सम्पन्न भइसकेको थियो भने अर्को पुल अघिल्लो महिना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण व्यवसायीसँग भएको सम्झौतानुसार बत्ती जडानसँगै पुलमा रङ्गरोकनको काम बाँकी रहेको इञ्जिनीयर देवकोटाले बताए ।

यो पुल निर्माणका लागि विसं २०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेइ कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल तीन वर्षमा सक्नेगरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । डिजाइनमा लामो समय लागेको र समयमा निर्माणस्थलमा रहेका संरचना हटाउन नसकिएकाले पुल सम्झौता अवधिमा सम्पन्न हुन सकेको थिएन । एक वर्ष थप्दा काम सम्पन्न हुने भन्दै आयोजनाले गरेको सिफारिसमा सरकारले अवधि थपेको थियो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १५:५४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...