back
CTIZAN AD

कोरोना प्रभावित देशबाट आउने उडान बन्द गर्ने सरकारको तयारी

वि.सं.२०७६ फागुन १८ आइतवार

774 

shares

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले पूर्व तयारीका लागि उच्च सतर्कता अपनाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गरेसँगै सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

चीनबाट शुरु भएको कोरोनाको संक्रमण विश्वका ६४ भन्दा धेरै देशमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका थिए ।

पूर्व तयारीका क्रममा नेपालले पनि केही मुलुकबाट आउने उडानहरू रोक्ने तयारी गरेको छ। ‍आइतबार दिउँसो सिंहदरबारमा अधिकारीहरूले चीन, कोरियालगायत मुलुकबाट हुने उडान रोक्नेबारे छलफल गरिरहेको जनाइएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीले यसबारे सम्बद्ध निकायका अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन् । सरकारले केही समयका लागि अन्तर्राष्ट्रिय पाहुनाहरू सहभागी हुने सभा सम्मेलन पनि रोक्ने तयारी गरिरहेको रेग्मीले जानकारी दिए ।

वि.सं.२०७६ फागुन १८ आइतवार १५:४४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...