back
CTIZAN AD

तस्करीको सुन लुकाउने इन्सपेक्टरसहित १६ प्रहरी अख्तियारको हिरासतमा

वि.सं.२०७६ फागुन १९ सोमवार

690 

shares

१९ फागुन, काठमाण्डौं । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएका इन्सपेक्टरसहित १६ जना प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेर छानविन अघि बढाएको छ । प्रारम्भिक छानविनमा उनीहरुले सुन लुकाएको पुष्टि भएपछि थुनामा राखेर छानविन अघि बढाइएको हो ।

सीमा प्रहरी चौकी टिमुरेका इन्चार्ज रहेका इन्सेपेक्टर खीम नेपाल सहित १६ प्रहरीमाथि छानविन भइरहेको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

अख्तियारकै पत्र अनुसार उनीहरुलाई प्रहरी प्रधान कार्यालयले निलम्बन समेत गरिसकेको छ ।

इन्सपेक्टर नेपाल सहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन ओली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपि बहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, , ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ पनि अख्तिायरको हिरासतमा छन् । उनीहरु सबैलाई केहि दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौडामा राखिएको थियो । अख्तियारको पत्र अनुसार प्रहरीले उनीहरुलाई बुझाएको हो ।

वि.सं.२०७६ फागुन १९ सोमवार ०८:१५ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...