back
CTIZAN AD

नेपाली कांग्रेसले गरायो कोरोनाबारे १४ बुँदे अपीलसहित सरकारको ध्यानाकर्षण

वि.सं.२०७६ फागुन १९ सोमवार

834 

shares

१९ फागुन, काठमाण्डौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको भन्दै १४ वुँदे अपिल सहित सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसद्धारा पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्म्लेनमा यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि समेत अपिल गरेको छ ।

‘दशा बाजा बजाएर आउन्न भन्ने एक पूरानो कहावत छ । तर प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ । कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाली कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा हार्दिक अपील गर्दछ ।’

पूर्व सतर्कताबारे  सरकारलाई सार्वजनिक आग्रह

१- विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् ।

२- कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाइयोस् ।

३- संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।

४-फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्रा्ष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ । प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।

५-स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।

६- केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाइयोस् ।

७- संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पु¥याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइयोस् ।

८-संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण ढंगले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणहरुको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीहरुलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस् ।

९-संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याइयोस् ।

१०- n\95 मास्क पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यान पुगोस् ।

११.-संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता पुगोस् ।

१२.-चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मृति गर्दै दुई थप सतर्कता सरकारलाई गराउँदछौं ।

(क) ठूलो संख्यामा नेपालीहरु रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको छ । त्यस्तो देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, तत्काल विमर्श गरियोस् ।
(ख) वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस् ।

१३- कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरुको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याओस् ।

१४-ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरुको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्दछ । सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ । अतः जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न नेपाली कांग्रेस नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपील गर्दछ ।’

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख-सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली कांग्रेस

वि.सं.२०७६ फागुन १९ सोमवार १८:०७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...