back
CTIZAN AD

अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने छु-प्रधानमन्त्री

वि.सं.२०७६ फागुन १९ सोमवार

843 

shares

१९ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काम फर्कने बताएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले भर्ना हुनुभन्दा पहिले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताउँदै आफ्नो जीवन संघर्षमै वितेको समेत बताए ।

प्रधानमन्त्रीले आफ्नो जीवन कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि गरेको संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि गरेको संघर्ष, कहिले दायित्व नचाहाने र नलिनेहरुसँगको संघर्षसँग जुध्दै आएको समेत बताएका छन् ।

‘मुलुकमा व्याप्त एक प्रकारको विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीर भित्र सिर्जत रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘१२ वर्ष अगाडि नै मेरा दुवै मिर्गौलाले कामगर्न छाडेपछि २०६४ साउनमा पहिलोपटक मिगौला प्रत्यारोपण गराएको थिए । त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । पर्सि फागुन २१ गते फेरि मिर्गौला प्रत्यारोपण गराउँदैछु ।’

प्रधानमन्त्रीले त्यसको चिकित्सकिय तयारीका लागि आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुन लागेको पनि बताए । विज्ञान, प्रविधि र सीपका कारण मिर्गौला प्रत्यारोपण पहिलेजस्तो जटिल नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रुपमा सहज हुने मैले विश्वास लिएको छु ।’

आफ्नै मुलुक र आफ्नै देशका चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा गौरवको अनुभुति गरेको बताउँदै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाई लिएर सबैलाई ढुक्क हुन आग्रह समेत गरेका छन् ।

‘समृद्द नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केहिदिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने समेत प्रधानमन्त्रीले बताए ।

यस विचमा सरकारका तर्फबाट गर्नुपर्ने काम नियमित रुपमा अघि बढ्ने बताएका प्रधानमन्त्रीले विश्वमा त्रास फैलाएको कोरोना भाइरस वा कुनै भैपरि आउने विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समय आवस्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था ल्याएको समेत बताएका छन् । ‘मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता कार्यकर्ता, सांसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियासील हुनेमा म विश्वस्त छु,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशका मित्रहरुलाई धन्यवाद समेत दिएका छन् ।

वि.सं.२०७६ फागुन १९ सोमवार १८:४२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...