२० फागुन, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोक्न सर्वाच्च अदालतले उचित कदम चाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कोारेना भाइरस (केभिड १९) सक्रमण कुनै एक ठाउँमा मात्रै नभई विश्वभर फैलिरहेको भन्दै अधिवक्ता पूर्ण राजवशींले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वाच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तराष्ट्रिय उडान केही समयका लागि स्थगन गर्न आदेश जारी गरेको हो ।
कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तराष्ट्रिय उडानको अवस्था र परिस्थितिको गाम्भीर्य सूक्ष्म मूल्यांकन गरी केही दिन वा महिनाका लागि अन्तराट्रिय विमानस्थलमा अवतरण हुने अन्तराष्ट्रिय उडानमा सर्वाेच्चले आदेश जारी गरेको छ । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन २० मंगलवार ०७:४७ मा प्रकाशित






























