back

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा पहिले यसरी विदा भए प्रधानमन्त्री (तस्बिर सहित)

वि.सं.२०७६ फागुन २० मंगलवार

426 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना हुनुभन्दा पहिले दिनभरी राजनीतिक भेटघाट, मन्त्रालयका सचिवहरुसँग छलफल तथा अन्य कार्यक्रममा सरिक भएका प्रधानमन्त्रीले देशवासीका नाममा भिडियो सम्बोधन गर्दै आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुन लागेको बताउँदै ‘समृद नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न मिर्गौला प्रत्यारोपणपछि थप उर्जाका साथ काममा फर्किने बताएका थिए ।

प्रधानमन्त्रीले भर्खर जागृत हुँदै गरेका सपनालाई ‘अलपत्र पारेर म अलप हुन्न’ भन्दै भावुक सम्बोधन पनि गरेका थिए ।

 


देशबासीका नाममा सम्बोधन गरेको केही समपछि प्रधानमन्त्रीले आफ्ना ९० वर्षीय वुवाको आर्शिवाद लिनुका साथै परिवार, आफन्त तथा शुभचिन्तकहरुसँग विदा भएपछि त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना हुन पुगेका थिए ।

प्रधानमन्त्रीको बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि सोमबार र मंगलबार आवस्यक तयारी गरिने समेत बताइएको छ ।
२०६४ मा दिल्लीको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको बुधबार दोश्रोपटक प्रत्यारोपण गरिदैं छ ।


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि वरिष्ठ युरोलोजिष्ट डा. उत्तम शर्माको नेतृत्वमा टोली खटिनेछ भने प्रधानमन्त्रीका निजि चिकित्शक डा. दिव्या सिंह शाह, प्रेम ज्ञवाली, पवन चालिसे, , नर्सहरु पारामेडिक्स गरी १ दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मी खटिने बताइएको छ ।

तस्बिरहरु : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यथापाको फेसबुकबाट

अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने छु-प्रधानमन्त्री

वि.सं.२०७६ फागुन २० मंगलवार ०८:५४ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...