back
CTIZAN AD

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा पहिले यसरी विदा भए प्रधानमन्त्री (तस्बिर सहित)

वि.सं.२०७६ फागुन २० मंगलवार

759 

shares

२० फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना हुनुभन्दा पहिले दिनभरी राजनीतिक भेटघाट, मन्त्रालयका सचिवहरुसँग छलफल तथा अन्य कार्यक्रममा सरिक भएका प्रधानमन्त्रीले देशवासीका नाममा भिडियो सम्बोधन गर्दै आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुन लागेको बताउँदै ‘समृद नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न मिर्गौला प्रत्यारोपणपछि थप उर्जाका साथ काममा फर्किने बताएका थिए ।

प्रधानमन्त्रीले भर्खर जागृत हुँदै गरेका सपनालाई ‘अलपत्र पारेर म अलप हुन्न’ भन्दै भावुक सम्बोधन पनि गरेका थिए ।

 


देशबासीका नाममा सम्बोधन गरेको केही समपछि प्रधानमन्त्रीले आफ्ना ९० वर्षीय वुवाको आर्शिवाद लिनुका साथै परिवार, आफन्त तथा शुभचिन्तकहरुसँग विदा भएपछि त्रिवि शिक्षण अस्पतालमा अस्पताल भर्ना हुन पुगेका थिए ।

प्रधानमन्त्रीको बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि सोमबार र मंगलबार आवस्यक तयारी गरिने समेत बताइएको छ ।
२०६४ मा दिल्लीको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको बुधबार दोश्रोपटक प्रत्यारोपण गरिदैं छ ।


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि वरिष्ठ युरोलोजिष्ट डा. उत्तम शर्माको नेतृत्वमा टोली खटिनेछ भने प्रधानमन्त्रीका निजि चिकित्शक डा. दिव्या सिंह शाह, प्रेम ज्ञवाली, पवन चालिसे, , नर्सहरु पारामेडिक्स गरी १ दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मी खटिने बताइएको छ ।

तस्बिरहरु : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यथापाको फेसबुकबाट

अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने छु-प्रधानमन्त्री

वि.सं.२०७६ फागुन २० मंगलवार ०८:५४ मा प्रकाशित

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...