back
CTIZAN AD

कोरोना भाइरसः कुन देशमा कतिले ज्यान गुमाए ?

वि.सं.२०७६ फागुन २० मंगलवार

852 

shares

२० फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण यतिबेला विश्व आक्रान्त छ । गएको डिसेम्बर अन्तिममा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वका ६४ देशमा फैलिसकेको छ भने दुई हजार ९ सय ७९ जनाको ज्यान गैसकेको छ । ९० हजार ९ सय बढी सङ्क्रमित भएका पुष्टि भएको छ ।

कोरोना भाइरसको प्रकोप यतिबेला अन्टार्कटिका बाहेकका सबै महादेशमा पुगिसकेको छ । भाइरसको महामारी सबै भन्दा बढी चीनमा छ । चीनमा ८० हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ हनार ९ सय ४३ जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

चीनबाहिर इरानमा यसको प्रकोप सबैभन्दा खतरनाक छ जहाँ, हालसम्म करिब १५ सय जनामा संक्रमण देखिएको छ । इरानको आधिकारिक तथ्यांक अनुसार ६६ जनाको कारोना कै कारण ज्यान गएको बताएपनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेको र मृतकको संख्या पनि २ सय नाघेको दाबी गरेका छन् ।

जापानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६पुगेको छ । पूर्वमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, फिलिपिन्स, सिंगापुर देखि मध्यपूर्वका इरान, कतार, संयुक्त अरब इमिरेट्स यूएई, ओमन सम्म यसबाट संक्रमित देखिएका छन् । त्यस्तै, युरोपमा भने इटालीमा यसले सबैभन्दा ठूलो असर पारेको छ । इटालीमा हालसम्म २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने ५२ जनाको ज्यान गइसकेको छ ।

इटालीसहित जर्मनी, बेलायत, फ्रान्समा पनि यसको प्रकोप देखिएको छ । त्यसबाहेक अफ्रिकी महादेशको इजिप्ट, अल्जेरिया, नाइजेरियासम्म कोरोनाभाइरसको संक्रमण पुगेको छ ।

दक्षिण कोरियामा ४ हजार ८ सय भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ ।

अमेरिकासमेत ६ जनाको कोरोना भाइरसकै कारण ज्यान गएको छ । उपचारका क्रममा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा गरिएको छ । जापानमा पनि कोरोनाले महामारीको रुप लिएपछि शुक्रबारदेखि एक महिनालाई शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण भएका ४८ हजार मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४७ हजार २ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वि.सं.२०७६ फागुन २० मंगलवार १२:३१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...