back
CTIZAN AD

साउदीमा पनि कोरोना भाइरस संक्रमित भेटिए, यी देशका नागरिकलाई साउदी प्रवेशमा रोक

वि.सं.२०७६ फागुन २० मंगलवार

762 

shares

२० फागुन, साउदी । साउदीले पहिलो पटक आफ्ना एक नागरिकमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ ।

इरान गएर बहराईन हुँदै साउदी प्रवेश गरेका एक साउदी नागरिकमा कोरोना भाइरस संक्रमण भेटिएको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो ट्विटबाट उक्त घोषणा गर्दै ती व्यक्तिलाई अस्पतालको आइसोलेसनमा राखिएको बताएको हो । ती व्यक्तिले अरब प्रवेश गर्ने क्रममा आफू इरानबाट आएको बताएका थिएनन् ।

साउदीका मेडियाहरुले स्वास्थ्य मन्त्राललाई उद्धृत गर्दै भनेका छन्–संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका अन्य मानिसलाई छुट्टै राखेर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । साउदी अबरले गत हप्ता राज्यमा कोरोना भाइरस संक्रमण रोक्नका लागि विविध कार्यक्रमहरु गरेको बताएको थियो ।

साउदीले कोरोना भाइरसको संभावित खतराबाट बच्नका लागि २५ अस्पताल र ८ हजार शैथ्या तयार गरेको बताइएको छ ।

साउदीले अफगानिस्तान, अजरवैजान, चीन, हङकङ, इन्डोनेशिया, इरान, इटाली, जापान, कजाकिस्तान, मकाउ, मलेशिया, मकाउ, पाकिस्तान, पिलिपिन्स, सिंगापुर, सोमालिया, दक्षिण कोरिया, सिरिया, ताइवान, थाइल्याण्ड, उज्बेकिस्तान, भियताम र यमनलगायतका देशका नागरिकलाई साउदी प्रवेशमा तत्कालका लागि रोक लगाएको पनि बताइएको छ ।  photo-AP

वि.सं.२०७६ फागुन २० मंगलवार १२:३१ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...