२१ काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तह नेपाली, गणित र अंग्रेजी विषयको विषयगत पाठ्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
आयोगले सोमबार विषयगत पाठ्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
शिक्षक हुनका लागि सामान्य र विषयगत परीक्षा दिनुपर्ने गरी आयोग नियमावलीको १० औँ संशोधनले गरेको व्यवस्था अनुसार आयोगले गत फागुन १ गते सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरेको थियो ।
नयाँ पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षण समावेश गरिएको छ । कोर कण्टेण्टका लागि सामान्य परीक्षा र विषयगत ज्ञान परीक्षणका लागि विषयगत परीक्षाबाट योग्य शिक्षक छनौट गर्ने उद्धेश्य अनुसार नयाँ पाठ्यक्रम बनाईएको आयोगले जनाइएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १२:२२ मा प्रकाशित






























