२१ फागुन काठमाडौँ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद धारण गरिरहेकोले कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले मगध विश्वविद्यालय बोधगया भारतबाट बि.कम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कार्कीले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरीएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १२:३३ मा प्रकाशित