back
CTIZAN AD

काभ्रेमा बस दुर्घटना हुँदा ३० घाईते, ८ गम्भीर, यात्रु भन्छन्-भन्दा भन्दै दुर्घटना भयो

वि.सं.२०७६ फागुन २१ बुधवार

942 

shares

२१ फागुन, काठमाण्डौं । काभ्रेको चौरी देउरालीमा भएको बस दुर्घटनामा ३० जना घाईते भएका छन् ।

घाईते मध्ये ६ जना गम्भीर रहेको पनि काभ्रे जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । घाईतेहरुलाई उपचारका लागि धुलिखेल ल्याइएको पनि प्रहरीले जनाएको छ ।

बिहान रामेछापको गुराँसेबाट ४४ यात्रु बोकेर काठमाण्डौंका लागि छुटेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउराली गाउँपालिकाको ढाडखर्कमा सवा दशबजे दुर्घटना भएको थियो ।

वसमा सवार यात्रुका अनुसार अर्को गाडीलाई साइडदिने क्रममा उक्त दुर्घटना भएको बताइएको छ ।

ड्राइभरले पहिलेदेखि अनियन्त्रित गाडी चलाएको र सम्झाउँदा पनि नमानेको सोहि बसमा सवार चौरी देउराली गाउँपालिकाकी कृषि प्रमुख अन्जना चौलागाईले संसारन्युजलाई बताएकी छन् ।

‘हामीले पहिले भनेका थियौं, भाइ विस्तारै चलाउ गाडी, यतिधेरैको जीवन बोकेर हिँडेका छौ भनेर । अन्य यात्रुले पनि राम्रोसँग चलाउन आग्रह गरेका थिए, म चौरी देउराली गाउँपालिका जानका लागि झर्नुपनि त्यसको एक मिनेटमै गाडी दुर्घटना भयो,’ उनले भनिन्, ‘छतमा पनि ६–७ जना रहनु भएको थियो । उहाँहरु पनि हाम फाल्नु भयो । अन्य धेरै घाईते छन् । हामीले उद्धार गरेर धुलिखेल अस्पतालमा पठाएका छौं ।’
रुखले छेकिएका कारण बस भिरमा खस्न नपाएको पनि चौलागाईँले बताइन् ।

विस्तृत विवरण आउन बाँकी

वि.सं.२०७६ फागुन २१ बुधवार १३:३० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...