back
CTIZAN AD

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणः समीक्षाको देव्रे मिर्गौला निकालियो, ४ बजेभित्र ओलीको शरीरमा प्रत्यारोपण हुने

वि.सं.२०७६ फागुन २१ बुधवार

759 

shares

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन जारी छ। त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगदाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन्। शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालिएको छ।

अब प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिनेछ। ‘शल्यक्रिया गरेर समीक्षाको देब्रे मिर्गौला निकालिएको छ’, एक चिकित्सकले भने, ‘अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिसक्छौं।’ मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकित्सकहरुले बताएका छन्।

प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया जारी रहँदा त्रिवि शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तकहरु जम्मा भएका छन्। १२ वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला हुनेछ ।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । प्राडा प्रेमराज ज्ञवालीका अनुसार आजको प्रत्यारोपणपछि ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् ।

वि.सं.२०७६ फागुन २१ बुधवार १४:३३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...