back
CTIZAN AD

शेयरधनीहरुले नगद लाभांस कसरी प्राप्त गर्ने ?

वि.सं.२०७६ फागुन २१ बुधवार

813 

shares

२१ फागनु । एनएमबी बैंकले नेप्सेमा सूचिकृत कम्पनीका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नका लागि निम्न प्रक्रिया अपनाउन आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

पहिलो चरणमा शेयरधनीहरुले हितग्राही(डिम्याट) खाता खोली आफूले खाता खोलेको निक्षेप सदस्य (डिपी) को मा गएर आफ्नो प्रमाणपत्र डिम्याट गराई सकेपछि हितगाह्री खातामा अनिवार्य बैंक खाता अद्यावधिक गराउने ।

दोस्रो चरणमा डिम्याट गराइसकेको तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नभएको शेयरधनीले निक्षेप सदस्यकोमा गएर बैंक खाता अद्यावधिक गराउने ।

तेस्रो चरणमा शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश वितरणको सूचना जारी भएपछि लाभांश बापतको रकम आइपिएसमार्फत साधारणतया ३ दिनदेखि १५ दिनभित्रमा सोही खातामा स्वतः प्राप्त हुने ।

चौंथो चरणमा साधारणतय बैंक खाता अद्यावधिक गरेको बढीमा १५ दिनभित्र नगद लाभांश खातामा जम्मा हुने हुँदा सो नभएमा शेयरधनीले आफूले खाता खोजेको निक्षेप सदस्यमा गई आफ्नो बैंक खाताको विवरण रुजु गर्ने । फरक भेटिएमा सच्याउने र सोही रहेता पनि बैंक खातामा जम्मा नभएको खण्डमा मात्र सम्बन्धित कम्पनीको शेयर रजिष्टार कम्पनीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

शेयरधनीहरुले हितग्राही खाता खोल्न तथा नगद लाभांश प्राप्त गर्न एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौँ वा आफूलाई पायक पर्ने एनएमबी बैंकको कुनै पनि शाखामा हितग्राही खाता खोल्न र सुलभ सेवा सुविधा प्राप्त गर्न पनि बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १४:३१ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...