back

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

वि.सं.२०७६ फागुन २१ बुधवार

414 

shares
GLOBAL IME AD
NTC AD

२१ फागुन, दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए ।

जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मङ्गलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए ।

हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिवहादुर ओलीले बताए ।

जिल्ला अदालत दैलेखले २०७१ मङ्सिर २१ गते फरार भनिएका खड्कासहित चारलाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

विसं २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ ।

लामो खोजी पछि २०६५ को वर्षायाममा नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ स्थित नेरा निमावि नजिकको जङ्गलमा पत्रकार थापाको शव फेला परेको थियो । रासस

वि.सं.२०७६ फागुन २१ बुधवार १४:३१ मा प्रकाशित

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको...

‘सबै एकजुट भए मात्र विकास सम्भव छ’

‘सबै एकजुट भए मात्र विकास सम्भव छ’

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकार भएका...

तीन महिनादेखि विद्युत् सेवा बन्द हुँदा चार सय बढी घरधुरी अन्धकारमा बस्न बाध्य

तीन महिनादेखि विद्युत् सेवा बन्द हुँदा चार सय बढी घरधुरी अन्धकारमा बस्न बाध्य

जुम्ला । यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि...

कर्णाली प्रदेशको ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

कर्णाली प्रदेशको ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले...

घरको बिमा गर्दै पालिका

घरको बिमा गर्दै पालिका

जुम्ला । यहाँको सिञ्जा गाउँपालिकाले दुई हजार चार सय घरको...

चार महिनापछि यारी नाका भन्सार कार्यालय पुनः सञ्चालनमा

चार महिनापछि यारी नाका भन्सार कार्यालय पुनः सञ्चालनमा

अदानचुली (हुम्ला) । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय...