back
CTIZAN AD

स्व. भट्टराइको परिवारलाई फिल्मकर्मीहरुको आर्थिक सहयोग

वि.सं.२०७६ फागुन २१ बुधवार

735 

shares

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार स्वर्गीय केशव भट्टराइको परिवारलाई अहिले विभिन्न फिल्मकर्मीहरुले सहयोग गरिरहेका छन् ।
गत मंसिर ३० गते हृदयघातका कारण निधन भएका भट्टराइको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै यतिबेला फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । स्वर्गिय भट्टराइको निधनपछि उनको परिवारमाथि आइपरेको आर्थिक पीडालाई कम गर्न समिति समेत गठन भैसकेको छ ।
हालै अभिनेत्री करिश्मा मानन्धरले होली मनाउने खर्च १ लाख १ सय १ रुपैयाँ स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै, अहिले अमेरिकामा बस्दै आएका फिल्मकर्मी तथा निर्देशकहरुले पनि भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएका छन् । उनीहरुले १ लाख २६ हजार ५ रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत स्व. भट्टराइको परिवारलाई सहयोग गरेका हुन् ।

नेपाली फिल्मका निर्देशकहरु नारायण पुरी, गोपाल चन्द्र लाम्छाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहालमार्फत् आएको उक्त रकम हस्तान्तरण गरिएको हो । यो रकम स्व। भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी समितिले गराएको छ । त्यस्तै, अमेरिकामा बस्ने अन्य फिल्मकर्मीहरुबाट पनि ९ लाख रुपैयाँ संकलन भैसकेको छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १४:४२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...